भारतले पीपीईको अभाव भन्ने डाक्टरलाई पागलखाना पठायो 

भारतले पीपीईको अभाव भन्ने डाक्टरलाई पागलखाना पठायो 

काठमाडौ । भारतले पीपीईको अभाव भएको भन्ने एक भारतीय डाक्टरलाई पागलखाना पठाएको छ ।

२० वर्षदेखि एनेस्थेटिस्टको रूपमा काम गर्दै आएका डाक्टर सुधाकर रावलाई पागलखाना पठाइएको हो ।

विशाखापट्टनममा बस्ने र काम गर्ने डाक्टर रावलाई पागलखाना पठाइएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

भारतमा कोरोनाभाइरसको लडाइँमा आवश्यक वस्तुको अभाव भएको भन्ने डाक्टरहरूलाई कारबाही भोग्नु परेको समाचारहरू सार्वजनिक भइरहेका छन् ।

रावका बारेमा सार्वजनिक भएका भिडियोमा उनी कमिज नभएको नाङ्गो शरीरमा देखिन्छन् । सडकको किनारमा रहेको कारमा प्रहरीमाथि कराइरहेको देखिन्छन् ।

अर्को भिडियोमा उनी सडकमा पल्टिरहेको देखिन्छन् । उनका हात बाँधिएको अवस्थामा उनलाई प्रहरीले पिटेको देखिन्छ । पिट्ने प्रहरीलाई निलम्बन गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

डाक्टर रावले स्थानीय पत्रकारहरूलाई प्रहरीहरूले उनको फोन र वालेट खोसेर पिटेको बताएका थिए । उनको गिरफ्तारी ठूलो षडयन्त्र अन्तर्गत गरिएको सामाजिक सञ्जालमा सरकार विरूद्धका आलोचना देखिएको छ ।

३ अप्रिलमा डाक्टर रावलाई एक सरकारी अस्पतालबाट निलम्बन गरिएको थियो । त्यो अस्पतालका डाक्टरहरूले पीपीई र मास्कहरू पर्याप्तरूपमा नभएको मिडियालाई जनाएका थिए । सरकारले छानबिन गर्न आदेश दियो तर डाक्टर रावलाई निलम्बन गरियो । केही दिन पछि डाक्टर रावले एक भिडियोमा आफ्नो गल्ती भएको माफी माग्यो र निलम्बन खारिज गर्न आग्रह गरेको भिडियो सार्वजनिक भयो । सरकारले कुनै प्रतिक्रिया जनाएन् ।
राव र उनका परिवारले उनलाई पीपीईजस्ता वस्तुको अभावबारे बोलेकामा तर्साउने काम भइआएको जनाएका छन् । डाक्टर रावकी आमा कावेरी रावले बीबीसीलाई आफ्नो छोरामा कुनै मानसिक समस्यानभएको बताएकी छिन् ।

विशाखापट्टनमका पुलिस आयुक्त आरके मीनाका अनुसार प्रहरीलाई घटनास्थलमा पुगेपछि मात्र उनी डाक्टर राव भएको थाहा भएको जान अघि कोही जड्याहा  सडकमा पल्टिरहेको जानकारी थियो ।

डाक्टर राव विरूद्ध प्रहरीलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्ति क्षति गरेको अभियोग प्रहरीले तयार पारेको छ ।

घटनाबारे कोही प्रत्यक्षदर्शी पत्ता लागेको छैन मात्र डाक्टर रावलाई रोकिएको ,हात बाँधिएको जस्ता विषयका भिडियो सार्वजनिक भएका छन् ।

प्रहरी आयुक्त मीनाले  प्रहरीलाई गाली गरेको र अप्ठयारो पारेकोले प्रहरीले उनको मोबाइल फोन कतै फालि दिएको जनाएका छन् । साथै उनमा मानसिक समस्या रहेको देखिएको उनले जनाए ।

उनलाई पहिले प्रहरी चौकीमा ल्यायो त्यसपछि पागलखाना पठाइएको उनले पत्रकारहरूलाई बताएका छन् ।

अस्पताल सुपरिन्टेन्डेन्टका अनुसार उनी सामान्य देखिन्छन् तर उनलाई दुई साताको निरीक्षणमा राखिएको छ ।