काठमाडौंको गाई फर्ममा आगलागी, पाँच गाई मरे

काठमाडौंको गाई फर्ममा आगलागी, पाँच गाई मरे
काठमाण्डौ, ८ जेठ । काठमाण्डौको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् । काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको र आगो लाग्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।