कोरोनापछिको संसारमा थप भूमण्डलीकरण बढी सुशासनको आवश्यकता

कोरोनापछिको संसारमा थप भूमण्डलीकरण बढी सुशासनको आवश्यकता

कोभिड–१९ महामारीले अझै विश्वलाई हल्लाइरहेको छ । जोन हपकिन्स कोरोनाभाइरस रिसोर्स सेन्टरले विश्वमा नयाँ भाइरस संक्रमितको संख्या ५० लाख पुगिसकेको जनाएको छ । अमेरिकामा मात्रै १५ लाख मानिस संक्रमित रहेको र यो विश्वमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित संख्या भएको देश हो । 

कोभिड–१९ महामारी विश्वको साझा शत्रुको रूपमा अगाडि बढिरहेका बेला महामारी पछिको विश्व कस्तो हुने वा हुनुपर्ने विषयमा चर्चा चलिरहेको छ ।यी सबै बहसहरू मध्ये जारी महामारी संकटले कि चिनियाँकरण वा अमेरिकीकरणको विघटनको (डिसाइनाजेशन वा डीअमेरिकनाइजेशन)प्रक्रियालाई अगाडि बढाउने रहेको छ ।   

कतिपयले महामारीले चीनको उत्पादनमूलक क्षेत्रमाथि विकसित देशहरूको अत्यधिक निर्भरतालाई छताछुल्ल पारेको विश्वास गर्छन् । महामारी पछि ती देशहरूले चीनको औद्योगिक आपूर्ति शृंखलामाथिको निर्भरता घटाउन कारबाही अगाडि बढाउने उनीहरूको विश्वास छ ।ठीक यहीबेला कतिपय अन्यले यो संकटले अमेरिकी नेतृत्वको अक्षमता खुलाइ दिएको छ । जसले अमेरिकी डलर र अमेरिकी बन्डको साखलाई असर पारेको छ ।

बजार अर्थतन्त्रको एक उद्देश्य भनेको कोही अधिकतम् मुनाफा प्राप्त गर्न उत्पादनशील स्रोतसाधनहरूको समन्वय गर्न स्वतन्त्र हुन्छ । सूचना तथा सञ्चार प्रविधिको विद्यमान क्रान्तिकारी क्षेत्रमा पनि बजार अर्थतन्त्रको यस्तो प्रकृतिमा विशेष परिवर्तनहरू भएका छैनन् । महामारी पछिको विश्वमा अझ उच्च गुणस्तरको भूमण्डलीकरणको आवश्यकता हुन्छ । विद्यमान भूमण्डलीकरणको प्रक्रियाबाट पछाडि फर्किन वा गैर आथिृक तत्वहरूका साथ बजार अर्थतन्त्रको अन्तर्जातीय मागहरू रोक्न कुनै पनि प्रयासले अन्ततः मृत्युको किनारामौ पु¥याउने हो । 

वास्तविक समस्या भूमण्डलीकरणलाई अस्वीकार गर्ने विषयसँगै छैन तर समस्या भनेको देशहरूले भूमण्डलीकरणको बृह्तररूपले, ठीकढंगले र गहनरूपले बुझ्न सक्नुमा रहेको छ । उनीहरूले विद्यमान र भविष्यमा भूमण्डलीकरण जोखिम र चुनौतीलाई सम्बोधन गर्न सक्छन त ?

वैश्विक महामारीलाई प्रभावकारी ढंगले पार पाउन वैश्वि सुशासनलाई बलियो बनाउनु आवश्यक छ । नयाँ कोरोनाभाइरसले समग्र मानव समाजका लागि एक साझा खतरा ल्याइदिएको छ । यसका लागि चीन र अमेरिका समेत विश्वका सबै देशहरूले तिनका तुलनात्मक लाभ र सहयोगको उपयोग प्रभावकारी र व्यवहारिकरूपमा गर्नुपर्ने आवश्यकता छ ।

सोमबार ७३औं विश्व स्वास्थ्य महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा वैश्विक सुशासन बलियो पार्न विश्वका सबै देशहरूले हातेमालो गरी कोभिड–१९ विरूद्ध अहिलेको लडाइँ भविष्यको दिशामा महत्वपूर्ण रहेको दर्शाए ।  

सो सभामा सीले  कोभिड–१९ प्रभावित देशहरू सहयोग गरिरहन, वैश्विक मानवतावादी डिपो तथा महामारी विरोधी आपूर्ति शृंखलाको सञ्चालन सुनिश्चित गर्न चीनमा केन्द्र खडा गरिरहन, अफ्रिकामा रोगसँग लडन आवश्यक तयारी तथा नियन्त्रण क्षमता बढाउन सहयोग संयन्त्रको स्थापना गरिरहन, वैश्विक सुस्वास्थ्यको विकास गर्न चीनले बनाउने कुनै खोपको पहुँच र उपलब्धता विकसित देशहरूमा सुनिश्चित गरिहन २ अर्ब अमेरिकी डलरको सहयोग गर्ने जस्ता केही प्रेरणादायी प्रस्ताव प्रस्तुत गरे । सीले गरिब देशहरूका लागि ऋण सेवा निलम्बन पहलको कार्यान्वयन जी ट्वेन्टीका अन्य सदस्यहरूलाई आह्वान गरे । सीको सन्देशले महामारी पछिको परिदृश्यलाई दर्शाउँछ ।

कोभिड–१९ले शीतकालीन मानसिकता २१औं शताब्दीमा परित्याग गर्नुपर्ने स्पस्ट्याउँछ ।

सबै देशहरूले आफ्नो तुलनात्मक लाभलाई पूर्णरूपमा खेलाउन पाउन स्वतन्त्र हुनुपर्ने मानवताको सहमति बनेर आउनुपर्छ ।  प्रमुख शक्तिशाली देशहरूले  अन्तर्राष्ट्रिय जिम्मेवारी र भूमण्डलीकरणको प्रक्रियामा देखा परेको जोखिम तथा चुनौतीहरूलाई पूरा गर्न समानरूपले काँधमा काँध मिलाउनै पर्छ । गरेको छ ।  उनीहरूले वैश्विक सुशासनको क्रान्तिकारी शुरूवातलाई निरन्तर प्रोत्साहन गर्नै पर्छ । मावन समुदायको साझेदारीमा भविष्यको निर्माण गर्न सबै पक्ष मिलेर काम गर्नुपर्छ ।

नयाँ कोरोनाभाइरसलाई पराजित गर्न र चहकिलो भविष्यलाई अंकमाल गर्न यो एक मात्र बाटो हुनेछ ।

(फुदान युनिभर्सिटीमा रिसर्च सेन्टर फर साइबरस्पेस गभर्ननन्सका निर्देशक शेन यीको ‘पोस्ट पान्डेमिक वल्र्ड ट्रेन्ड फरदर ग्लोबलाइजेशन बेटर गभर्ननेन्स’ शीर्षकमा आधारित आलेख आधारमा )