के हो एन्टिबडी टेस्ट ?

के हो एन्टिबडी टेस्ट ?

काठमाडौं । जब हाम्रो शरीरलाई कुनै भाइरस वा ब्याक्टिरियाले आक्रमण गर्छ त्यस भाइरससँग वा ब्याक्टिरियासँग लड्न हाम्रो शरीरले Antibody निर्माण गर्छ । हाम्रो शरीरलाई सामान्य फ्लु रुघा, खोकी, लाग्दा पनि हाम्रो शरीरमा Antibody निर्माण हुँदै भाइरस र ब्याक्टरियाहरुसँग लड्न थाल्छ । 

त्यस्तै कोभिड –१९ संक्रमित व्यक्तिको शरीरले संक्रमण भएको केही दिनपछि कोरोना भाइरससँग लड्न एन्टिबडी निर्माण गर्न थाल्दछ । शरीरमा एन्टिबडी छ/छैन पत्ता लगाउन RDT अर्थात -यापिड डाइग्नोस्टिक टेष्ट गरिन्छ । RDT मा पोजेटिम देखिनु भनेको त्यो व्यक्तिको शरीरमा एन्टिबडी छ भन्ने बुझिन्छ ।

त्यसैले RDT मा पोजेटिम देखिनु भनेको त्यो व्यक्तिलाई केही समय पहिले कोरोना भाइरस थियो भन्ने मानिन्छ । समुदायमा कोरोना भाइरस कतिसम्म फैलिसकेको छ भनेर टेष्ट गर्ने माध्यम RDT हो । 
 

एन्टिबडी शरीरमा कति समयसम्म बस्छ जसले फेरि भाइरस संक्रमण हुन दिंदैन भन्ने विषयको अनुसन्धान भइरहेको छ । मानौं, कुनै एक व्यक्तिलाई सामान्य रुघा लाग्यो, तब उसको शरीरले फ्लुसँग लड्न एन्टिबडी निर्माण गर्छ र उक्त व्यक्तिलाई केही समय फेरि रुघा नलाग्न Immune पक्कै दिन्छ । तर उसलाई कहिले रुघा नलाग्ने भन्ने होइन ।

त्यस्तै कोरोना भाइरसमा पनि एन्टिबडी रहुनन्जेल Immunity त मिल्छ तर एन्टिबडी लेभल घट्दै गएपछि फेरि संक्रमण हुने जोखिम पक्कै हुन्छ ।
 

आरडिटी भरपर्दाे नभएको भनेर कतिपयले यसलाई बन्द गर्न सुझाइरहेका छन् तर सस्तो,  छिटो र धेरैलाई टेष्ट गर्ने यो माध्यमको दायरालाई अझ बढाउँदै लग्न सकियो भने  समुदायमा कति फैलिएको छ भन्ने जानकारी पाउन सकिन्छ । त्यसैले हाम्रो जस्तो मुलुकमा सरकारको क्षमतालाई पनि ध्यान दिंदा यो माध्यमलाई व्यापक बनाउन जरुरी छ ।