पत्रकार खाशोगीका परिवारद्वारा हत्यारालाई माफी दिएको घोषणा
काठमाडौ । पत्रकार जमाल खाशोगीको परिवारले उनका हत्यारालाई माफी दिने घोषणा गरेको छ । मुसलमानहरूले महिनाभर उपवास राख्ने पवित्र महिना रमादानको अन्त्यको अवसरमा उनको परिवारले क्षमदान दिन दिने निर्णय गरेको जनाइएको छ । साउदी अरबको कानुन अनुसार हत्यारालाई फाँसी दिइन्छ ।
द वासिंटन पोस्टका स्तम्भकार खाशोगीका दुई छोरा मध्ये एक सलह खाशोगीले हत्याराहरूलाई क्षमादान दिने घोषणा ट्विटर मार्फत गरेका हुन् । सर्वोच्चको एक अदालतले गतवर्ष पाँच जनालाई मृत्यु दण्ड र तीन जनालाई हत्याको योजना बनाएको अभियोगमा २४ वर्षको जेल सजायको फैसला सुनाएको थियो ।
साउदीको कानुनमा इश्लामिक परम्परा अनुसार हत्याराका परिवारलाई पीडितहरूले क्षमा दान दिन पाउने प्रावधान रहेको छ । यस्तो क्षमादान दिने परिवारलाई धनभुक्तानीको प्रावधान ‘दियाह’ भनेर भनिने गरिन्छ । कतिपय सन्दर्भमा अभियुक्तहरूलाई बिन धनभुक्तानी पनि क्षमादान दिने गरिन्छ । यो निर्णय गरिरहँदा खाशोगी परिवारले क्षतिपूर्ति लिएको हो वा होइन भन्ने विषयमा अझ स्पस्ट हुन बाँकी छ ।
खाशोगी परिवारले ट्विटमा भनेका छन् “ रमादानको पवित्र महिनाको पवित्र रातमा हामी इश्वरको भनाई सम्झिरहेका छौ ः कुनै मानिसले क्षमा दिन्छ र मेलमिलाप गर्छ त्यसको पुरस्कार आल्लाहमा बाँकी रहन्छ ”
प्रतिक्रिया