मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने समाचार श्रोतले बतायो ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । यसैको सेरोफेरोमा आजको मन्त्रिपरिषद्मा छलफल हुनेछ ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुनसक्ने बताइएको छ । साथै नेपालको नयाँ नक्शा प्रकासित गरिसकेपछिको घटनाक्रमहरुमा समेत छलफल हुनसक्ने छ ।
प्रतिक्रिया