थप ३० जनाको कोरोना संक्रमण पुष्टि

थप ३० जनाको कोरोना संक्रमण पुष्टि

शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।