थप २० जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ५०७ पुग्यो

कोरोना भाइरस संक्रमितको संख्यामा थप २० जना थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये सेती प्रादेशिक अस्पतालमा परीक्षण भएका कैलालीका १९, २३, २६ वर्षका ३ जना पुरुषहरु छन् । जानकी गाँउ पालिकाका उनीहरु सरस्वती मा. विको क्वारेन्टाइ रहेका थिए ।
यस्तै डढेलधुरा परशुराम १० का २८ वर्षीय पुरुष, बैतढी शिवथान गाँउ पालिकाका २२ वर्षीय पुरुष छन् ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ६१ वर्षको पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये १८ वर्षीय एक जना पुरुष सोनारीका रहेका छन् भने बाँकी १३ जना नरैनापुरको रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष रहेका छन् ।

योसंगै कोरोना सक्रमितको संख्या ५०७ पुगेको छ। यस्तै, आज शुक्रबार नेपालगञ्ज बाँकेका २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।