भारतका स्वास्थ्य मन्त्रीद्वारा डब्लुएचओको अध्यक्षको पदभार ग्रहण

भारतका स्वास्थ्य मन्त्रीद्वारा डब्लुएचओको अध्यक्षको पदभार ग्रहण

काठमाडौं । कोरोना महामारीको संकटसँग जुँधिरहेको बेला भारतका स्वास्थ्य मन्त्री डा. हर्षबर्धन विश्व स्वास्थ्य संगठन  -WHO_ का अध्यक्ष चयन भएका छन् ।

३४ सदस्यीय कार्यकारी बोर्डमा उनी अध्यक्ष चयन भएका हुन । आजैदेखि उनले आफ्नो पदभार सम्हालेका छन् । डा. हर्षबर्धनले जापानका हिरोकि नकतानिको ठाउँ लिएका छन् । 

१९४ देशको World Health Assembly विश्व स्वास्थ्य सम्मेलनमा उनी मंगलबार र्निविरोध चयन भएका थिए । सम्मेलनबाट कार्यकारी बोर्ड चुनिन्छ । बोर्डका अध्यक्ष फरक फरक ग्रुपमा विभाजन गरेर दिने गरिन्छ । गत वर्ष नै भारतलाई यो पद दिने टुंगो लागेको थियो । 
 

यस बोर्डको काम सम्मेलनबाट पारित भएको नीतिलाई सदस्य राष्ट्रहरुमा समान ढंगले लागु गरिन्छ ।