नारायणकाजी श्रेष्ठ पार्टीका प्रवक्ता कि कुण्ठा पोख्ने वक्ता

नारायणकाजी श्रेष्ठ पार्टीका प्रवक्ता कि कुण्ठा पोख्ने वक्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नारायणकाजी श्रेष्ठ प्रवक्ता हुन । तर, उनीबाट पार्टीको आधिकारिक धारणा आउँदैन, आउँछ त केवल असन्तुस्टि, कुण्ठामात्र । 

नारायणकाजीले पछिल्लो समय राखेका सामाजिक सञ्जाललाई अध्ययन गर्दा मात्र पनि उनको असन्तुस्टि बुझ्न सकिन्छ-

'आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुल्लमखुल्ला विखण्डनको नारा  र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो । विखण्डनकारी गतिविधिको अन्तको निम्ति सम्झौता कि विखण्डनवादलाई दिन्न भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु. कदम चाल्नुपर्छ । गम्भीर बनौं !'

त्यसपछि उनको प्रतिक्रिया आयो, ‘हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिस्ठा–प्रचार र पैसा–सुविधाको निम्ति ? यतिवेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं !राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔ !'
 

त्यसको एक दिनपछि उनको फेरि यस्तो प्रतिक्रिया आयो, 'हाम्रो पार्टी नेकपा घोषणा भएको करिब १० महिना पुग्न लाग्यो । अझै सांगठनिक एकीकरणको कार्य पूरा हुन सकेको छैन । लाखौं कार्यकर्ता कमिटी र जिम्मेवारीविहीन बनेका छन् । पार्टीको राजनीतिक प्रतिवेदन पनि प्रकाशित भएको छैन । यो दुःखद र हानिकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तु. गरौं !' 

त्यसको एक घण्टापछि उनले त्यसै विषयमा अर्काे लेखे, 'पार्टी एकता भएको १० महिना बित्दा पनि सांगठानिक एकता पूरा नहुनु र राजनीतिक प्रतिवेदन प्रकाशित नहुनुले हामी उच्च तहका नेतृत्वदायी व्यक्तिहरुमाथि नैतिक प्रश्न खडा गरेको छ । गुटगत चिन्तन, व्यक्तिगत स्वार्थ र प्राथमिकताको उपेक्षाले हामी सबैलाई बर्बाद गर्नेछ । अकर्मण्य र तमासे नबनौं । गरौं !' 

नारायणकाजी श्रेष्ठले राजनीतिमा कुनै दुःख कस्ट नगरी त्यो उच्च स्थान हासिल गरेकाले चलाख नै नेता मान्नुपर्छ । उनी आफ्नो राजनीतिक हैसियत कायम गर्नका लागि असन्तुस्टि, भेला सधैं गरिहन्छन । अरुलाई उपदेश दिएर आफू अब्बल हुने कम्युनिस्ट रोग सबैभन्दा बढी नारायणकाजीमा नै छ ।  गुटगत चिन्तन, व्यक्तिगत स्वार्थमा सबैभन्दा बढी लपेटिएको भनेर नारायणकाजी श्रेष्ठमाथि नै बढी आरोप लाग्ने गर्छ । 

प्रवक्ता भएर वाहिर असन्तुस्टि, कुण्ठा पोख्नु भन्दा पनि आफ्नो कमिटी बसाउने र भित्री फोरममा नै कुरा राख्नु प्रवक्ताका लागि सही हुन्छ । यदि फरक धार देखाउने हो भने उनलाई प्रवक्ता पदमा नैतिक रुपमा बस्नै मिल्दैन ।