थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

काठमाडौं । आज थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आजमात्र ५९ जना  कोरोना संक्रमित थपिएका छन् भने संक्रमितको जम्मा संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान–बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।