अमेरिकाले दर्जनौ चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्यो

अमेरिकाले दर्जनौ चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौ । अमेरिकाले ३३ चिनियाँ कम्पनी तथा प्रतिष्ठानलाई आर्थिक गतिविधि गर्ने कालोसूचीमा राखेको छ ।

ती कम्पनीहरूले चिनियाँ सरकारका लागि जासुसी गरेको आरोप लगाइ कालोसूचीमा समावेश गरिएको जनाइएको छ ।

अमेरिकाको वाणिज्य विभागले यसअघि चिनियाँ सेनालाई सहयोग गर्ने चिनियाँ कम्पनीलाई कारबाही गर्नेले ट्रम्प प्रशासनको घोषणा अनुसार कारबाही अगाडि बढाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लगाउने निर्णय सार्वजनिक गरेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

७कम्पनी र२ प्रतिष्ठानलाई  मानवअधिकारी उल्लंघन गरेको र दमन बढाएको आरोप लगाएको छ । अन्य कम्पनीले आवश्यक कागजात नबुझाएको भनी कालो सूचीमा राख्ने कारबाही गरिएको वाणिज्य विभागले जनाएको छ ।

कालोसूचीमा पारिएका कम्पनीहरूमा आर्टिफिसल इन्टेलिजेन्स र फेसियल रिकगनिशन जस्ता कम्पनीहरू पनि रहेका छन् । ती मध्ये चीनको एआई कम्पनीहरूमा सर्वाधिक प्रसिद्ध कम्पनी नेटपोसा पनि रहेको छ ।

यसअघि अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अमेरिकाका कारोबार नदिने गरी कानुन बनाउने काम शुरू गरेको थियो ।