कोभिड–१९को भ्याक्सिनको पहिलो ‘क्लिनिकल ट्रायल’ चीनमा सुरक्षित

 कोभिड–१९को भ्याक्सिनको पहिलो ‘क्लिनिकल ट्रायल’ चीनमा सुरक्षित

काठमाडौ । कोभिड–१९को भ्याक्सिन बनाउन भइरहेको परीक्षणहरूमा  चीनमा भएको पहिलो क्लिनिकल ट्रायल सुरक्षित र मानिसको शरीरमा कोभिड–१९ विरूद्ध प्रतिरोधी प्रतिक्रिया उत्पन्न गर्न सक्षम हुने गरी अघि बढेको सम्बद्ध विज्ञहरूले जनाएका छन् ।

चिकित्सा क्षेत्रको प्रतिष्ठित प्रत्रिका ‘द लान्सेट’को अनलाइन संस्करणले यस्तो जानकारी सार्वजनिक गरेको हो ।

१०८ स्वास्थ्य वयस्कहरूमा खुलास्तरको परीक्षणको प्रदर्शनको सकारात्मक नतिजा २८ दिनपछि र अन्तिम नजिताहरूको मूल्यांकन ६ महिना पछि  हुने बताउँदै द लान्सेटले एक प्रेस विज्ञप्ति जारी गरेको छ । यसको थप परीक्षणले सार्स कोभ २को संक्रमण रोक्न स्पस्टरूपले प्रभावकारी हुने भन्ने प्रस्ट पार्ने जनाइएको छ ।
 
बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नलजिका प्रोफेसर तथा यो अध्ययनका प्रमुख जिम्मेवार व्यक्ति वेइ चेन भने  “हाल देखा परेका यी परिणामहरू एक महत्वपूर्ण कोशे ढुगा छ । १४ दिनको अध्ययनमा  एडफाइभ एनकोभ भ्याक्सिनले विशेष प्रकारको एन्टीबडीहरू बनाएको  र टी सेल निर्माण गरेको छ । यसलाई थप अध्ययन गर्नुपर्छ ।”

भ्याक्सिनका लागि प्राप्त हुने यस्ता नतिजाहरूको व्याख्या विश्लेषण सावधानी पूर्वक गर्नुपर्ने बताउँदै प्रोफेसर वेइले अहिलेसम्मको अध्ययनबाट भ्याक्सिनका लागि भइरहेको यो प्रयास सही दिशामा गरिरहेको बताए । नतीजा सहीभएपनि यो भ्याक्सिन सबैका लागि उपलब्ध हुन धेरै लामो समय पर्खिनुपर्ने उनले जनाए ।