जेठ, १० । पाकिस्तानमा भएको विमानमा दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज्यान गुमाएकामध्ये १९ जनाको परिचय खुलेको अन्तर्राष्टि«य समाचार संस्था अल जजिराले जनाएको छ । कराँचीका मेयर वासिम अख्तरले विमन बस्तीमा खस्दा ५, ६ ओटा घर ध्वस्त भएको जानकारी दिएका छन् ।
विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ जाँदै गर्दा बस्तीमा दुर्घटनाग्रस्त भएको थियो । क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् भन्ने बारे स्पष्ट जनकारी आइसकेको छैन ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
पाकिस्तानको हवाई सुरक्षाको अवस्था.....
विभिन्न समयमा विभिन्न विमान दुर्घटनाहरूका कारण पाकिस्तानमा हवाई सुरक्षा अवस्था बलियो छैन
सन् २०१० मा एउटा निजी कम्पनी एअरब्लुद्वारा सञ्चालित एउटा विमान इस्लामावाद नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५२ जनाको ज्यान गएको थियो। जुन पाकिस्तानको इतिहासमा नै सबैभन्दा खराब विमान दुर्घटना थियो।
सन् २०१२ मा पाकिस्तानको भोजा एअरले सञ्चालन गरेको एउटा बोइङ् ७३७(२०० विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ जना चालकदलका सदस्य सबै मारिएका थिए।
र सन् २०१६ मा पाकिस्तान अन्तर्राष्ट्रिय विमानसेवाको एउटा विमान उत्तरी पाकिस्तानबाट इस्लामावादतर्फको उडानमा रहँदा आकाशमा नै विस्फोट भएर ४७ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया