परराष्ट्र मन्त्रीस्तरीय वार्ताले सीमा विवाद सुल्झाउन गाह्रो

परराष्ट्र मन्त्रीस्तरीय वार्ताले सीमा विवाद सुल्झाउन गाह्रो

काठमाडौ । पर्राष्ट्र मन्त्रीस्तरीय वार्ताले नेपाल भारत सीमा विवाद सुल्झाउन गाह्रो हुने विज्ञहरूले बताएका छन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरिसकेको अवस्थामा दुबै देशका परराष्ट्रमन्त्रीय स्तरीय वार्ताबाट यसको समाधान निस्कन नसक्ने देखिएको नेपालका लागि पूर्व राजदूत राकेश सूदले एक टेलिभिजन कार्यक्रममा प्रस्तोताको जवाफ दिँदै बताएका छन् ।

सीएनबीसी टीभी १८मा द ग्लोबल आइ कार्यक्रममा नेपालका लागि पूर्व राजदूत सूदले भने “ नेपालले नयाँ नक्शा जारी गरेको छ । दुबै देशका विदेशमन्त्रीहरूको अडान नक्शामा हुनेछ ।” अडान समाधानमा रहे नहुने संकेत गर्दै सूदले यसका लागि राजनीतिक तहमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलले यसलाई सुल्झाउन कत्तिको प्रभाव पर्ने भनी सोधिएको प्रश्नको जवाफमा सूदले सम्भव हुन सक्ने बताए । सो कार्यक्रममा भाग लिएका कन्स्तान्तिनो ज्याझिएरले भारतले अहिलेसम्म स्पस्ट अडान प्रस्तुत नगरेको जनाए ।

नेपाल भारत सीमा विवादको हल ठूल दाज्युको हैसियतमा गर्न खोजे नहुने भन्दै ज्याभिएरले नया समाधानको खोजी आवश्यक भएको बताए । संवाद गर्ने संवाद गर्ने भनेर पन्छिन दुबै देशका लागि सही नहुने उनको भनाइ थियो ।