टिस्टा र कांगडाले बोलाएको छ
शान्तिमान कार्की
नेपाली! सन्तति हो
अब घर फर्क
आफ्नै आमाको काखमा
तिमीले चुसेको
दशधारा दुधको
ऋण तिर्ने बेला भएको छ
हाम्री आमाको
अटल-अस्मितामा
वैरिले फेरि
गिद्घे नजर लाएको छ
संप्रभूताको रक्षार्थ लडने
ठिक्क बेला भएको छ।
वीर गोर्खाली हो!
अब घर फर्क,
भोकले मरिदैन
कान्ला भरि
सिस्नो पलाएको छ
गिठ्ठा र भ्याकुर
खाएर लडौला
राष्ट्रियताको रक्षार्थ लड्ने
ठिक्क बेला भएकोछ।
नेपाली वीर गोर्खाली हो!
मेची र काली मात्रै हैन
टिस्टा र कांगडाले
सुसेलेर बोलाएको छ
फेरि,वैरि संग
स्वाधिनताको लडाई लड्ने
ठिक्क बेला भएको छ
भोकले मरिदैन
ढिडो र सिस्नो खाएर लडौला,
नेपाली हो घर फर्क,
राष्ट्रियतको लडाई लड्ने,
ठिक्क बेला भएको छ।
प्रतिक्रिया