ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण देखियो
काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।
कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिदै छ ।
प्रतिक्रिया