छोड् छोड् विस्तारवाद नेपाल भूमी छोड्...

छोड् छोड् विस्तारवाद नेपाल भूमी छोड्...

काठमाडौं, १० जेठ । 

छोड् छोड् विस्तारवाद नेपाल भूमी छोड्
भारतीय सेनाहरु कालापानी छोड्
एउटा सानो राष्ट्रले आँट गरेमा 
ठूला ठूला साम्राज्य ढालिदिन्छ...

भारतले अतिक्रमण गरेको नेपाली भुमी समेटर नेपालले नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपालको निशाना छाप परिवर्तन गरी नयाँ नक्सा समेट्नका लागि संविधान संशोधन पनि भएको छ ।भारतको विस्तारवादी नीतिको चपेटामा नेपाल सदियौँदेखि  पिल्सिदै आयो।

यो घडीमा सबै देशभक्त, राष्ट्रभक्त नेपाली सिमा रक्षाका लागी पटक-पटक एकजुट भई उठे । यस अघिका सरकारले दर्बिलोसँग खुट्टा टेक्न नसक्दा सिमा रक्षाका लगि जागेका जनता उल्टै सरकारबाट दमित भए । देशभित्रका आ–आफ्ना घरायशी समस्या र मतान्तरहरूलाई एकातिर पन्छाएर राष्ट्रिय एकताको बलियो साङ्लोमा यतिबेला केही क्षेत्रीय मधेश केन्द्रित दल भन्दा बाहेक अन्य सबै दल र राष्ट्रभक्त स्वाभिमानी नेपालीहरु एकजुट भएका छन् ।

जनवादी गायक जीवन शर्माले आज भन्दा साडे दुई दशक अघिदेखि गाउँदै जनता जगाउँदै र सचेत पार्दै आएको आएको गीत यो क्षणमा स्मरणयोग्य बनेको छ । 

यो देश बनाउन खाँचो परेमा
दुई करोड नेपाली एक हुन्छ । 

गीतमा भनिएको छ, 

छोड् छोड् विस्तारवाद नेपाल भूमी छोड
भारतीय सेनाहरु मेचीसिमा छोड
सर्वहारा वर्गको राज भएमा 
लालीगुराँस फुल्नेछ हाम्रो आँगनमा । 

राष्ट्रिय मुक्तिको नयाँ विहानमा 
चन्द्र सूर्य चम्किनेछ नयाँ गगनमा 
छोड् छोड् बिस्तारवाद तेरो हैकम छोड् 
भारतीय सेनाहरु हाम्रो सिमा छोड् ।