थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४  पुग्यो

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४  पुग्यो

शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ्गमा सो जानकारी दिएको हो।

थप संक्रमितहरु सेती अस्पतालमा गरीएको परीक्षणमा बैतडी शिवनाथ गाँउपालिकाका २० वर्षीय दुई जना, २२ वर्षका एक जना र २७ वर्षका एक जना गरी ४ जना पुरुष छन् । कोशि अस्पतालमा गरिएको परीक्षणमा झापा गाँउपालिका का ३३ वर्षिय पुरुष छन् । 

यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठान अस्पतालमा भएको परीक्षणमा बाँके नरैनापुरका मद्रासामा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष सम्मको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै नरैनापुरमा थप २१ जना पुरुषको कोरोना संक्रमण देखिएको छ । उनीहरु १७ वर्ष देखि ५० वर्ष सम्मका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बर्दिया बढ्यौतालको १९ वर्षीय पुरुष पनि रहेका छन् । यस्तै सुर्खेतमा पनि २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमित संख्या ५८४  पुगेको छ।