अमेरिकी चेतावनीका बाबजुत इरानी इन्धन जहाज भेनेजुएलामा
काठमााडै । अमेरिकाले दिएको चेतावनीका बाबजुत इन्धन बोकेको इरानी जहाज भेनेजुएलाको क्षेत्रमा प्रवेश गरेको छ ।
फोर्चुन नाम भएको त्यो इन्धन बोक्ने टयांकर भेनेजुएलाको समय अनुसार शनिबार ७ः४० बजे पुगेको हो । यो जजहा क्यारिबियन देश ट्रिनिडाड र टोबागोका बन्दरगाह पार गर्द त्यहाँ पुगेको हो । भेनेजुएलाको सरकारी टेलिभिजनले यो जहाजको तस्विर देखाएको छ ।
भेनेजुएलाको विशेष आर्थिक क्षेत्रमा यो जहाज त्यहाँ पुगेको हो ।
इरानले आफ्नो टयांकरमाथि अमेरिकाले हस्तक्षेप गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै इन्धन बोकेको जहाँज त्यस तर्फ पठाएको थियो ।
इरानको यो हर्कत विरूद्ध अमेरिकाले कस्तो प्रतिक्रिया जनाउने त्यसबारे त्यहाँका अधिकारीहरू छलफल गरिरहेका छन् ।
प्रतिक्रिया