जर्मनीमा बन्दाबन्दी अवज्ञा गर्नेहरूमाथि पानीको फोहरा प्रहार
काठमाडौ ।जर्मनीको ह्याम्बर्गमा बन्दाबन्दीको अवज्ञा गर्ने प्रदर्शनकारीहरूमाथि त्यहाँको प्रहरीले पानीको फोहारा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले सामाजिक दुरी कायम गर्नुपर्ने आदेशको उल्लंघन गरी प्रदर्शन गरेपछि प्रहरीले यस्तो कारबाही गरेको हो ।
कालो हुडमा आएका प्रदर्शनकारीहरूको संख्या सानो रहेको थियो । यो प्रदर्शन त्यहाँको दक्षिणपन्थी समूहसँग सम्बन्धित रहेको बुझिएको छ ।
प्रदर्शनकारीहरूको तर्फबाट प्रहरीहरूमाथि बोतल प्रहार गरिएको प्रहरीले जनाएको छ ।
एक प्रदर्शनकारीलाई पक्राउ गरिएको केही बेरमा रिहा गरिएको थियो ।
प्रदर्शनकारीहरूले बन्दाबन्दीको विरोधमा नारा लगाएका थिए । ‘कोरोनाको पागलपन बन्द गर’ ‘आधारभूत कानुन पालन गर’ जस्ता नारा लगाएका थिए ।
जर्मनीमा कोरोना संक्रमितहरूको संख्या १ लाख ७७ हजार ८५० नाघेको छ भने ती मध्ये मर्नेहरूको संख्या ८ हजार २१६ पुगेको हो ।
।
प्रतिक्रिया