इतिहास बोकेको हिटलरको प्यारो गोही मस्कोको चिडियाखानामा म-यो
काठमाडौ । विश्वयुद्ध दोस्रोमा बाँचेको एक इतिहास बोकेको एडल्फ हिटलरको प्यारो गोही मस्कोमा मरेको छ ।
मस्को चिडियाखानाले “हाम्रो मिसिसिपी गोही ‘स्याटर्न’ बुढयौलीका कारण मरेको छ ।” सामाजिक सञ्जालमा जनाएको छ ।
सरिसृप प्रजातिको खतरनाक मानिएको यो गोही ८४ वर्षको उमेरमा मरेको हो । यो प्रजातिको गोही सामान्यरूपमा ३० देखि ५० वर्षसम्म बाँच्ने गरेको छ । यो गोहीको जन्म सन् १९३६मा अमेरिकामा भएको थियो ।
हिटलर प्रायःजो जाने गरेको बर्लिन चिडियाखानालाई उपहार दिइएको थियो । तर कतिपय इतिहासकारले यो गोही हिटलरको व्यक्तिगत संकलन मध्येको एक भएको दाबी गर्छन् ।
सन् १९४३मा बर्लिन चिडियाखाना एक हवाइ आक्रमणबाट ध्वस्त हुन पुग्यो । दुई दर्जन मगरमच्छ र गोही मारिए । तर यो स्याटर्न नाम गरेको गोही बँच्न सफल भएको थियो ।
यो गोही त्यो तीन वर्ष के गरेर बस्यो भन्ने कुरो रहस्य छ तर १९४६मा यो गोही बेलायती सैनिकहरूबाट फेला प-यो ।
बेलायतले यो गोही सोभियत युनियनलाई दिन निर्णय ग-यो। मस्कोमा स्याटर्नले ७४ वर्ष बित्यो ।
प्रतिक्रिया