ड्युटी पोस्ट स्वयम्भूमा कार्यरत असइले आफैँलाई गोली हाने

ड्युटी पोस्ट स्वयम्भूमा कार्यरत असइले आफैँलाई गोली हाने

काठमाडौँ, ११ जेठ । महानगरीय प्रहरी वृत्त स्वयम्भूअन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका छन् । आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

असई कार्कीको स्थायी दोलखा हो । उनी स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज पनि हुन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा बिहानै प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।