डिल्लीबजार कारागारमा झडप, एक कैदी घाइते 

डिल्लीबजार कारागारमा झडप, एक कैदी घाइते 

काठमाडौँ, ११ जेठ । डिल्लीबजार कारागारमा झडप भएको छ । आइतबार बिहान गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएका छन् ।  

गिरी वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए

गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलित भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरु आन्दोलित भएका थिए । घटनाबारे अनुसन्न्धान भइरहेको डीआईजी पोखरेलले बताए ।

लकडाउनका कारण आफन्तहरु भेट्न नआएपछि कारागारभित्र सञ्चालित क्यान्टिन र पसलबाट सामान उधारो माग्दा नदिएको विषय पनि झगडाको कारण बनेको कारागार प्रशासन स्रोतले बताएको छ ।