नयाँ शीत युद्धमा चीनलाई तान्न खोज्दै अमेरिका

नयाँ शीत युद्धमा चीनलाई तान्न खोज्दै अमेरिका

काठमाडौ । अमेरिकाले चीनलाई दीर्घकालीनद्वन्द्वमा तान्न खोज्ने नीतिहरूको विकास गरिरहेको चीनका विदेशमन्त्रीले  आरोप लगाएका छन् ।

अमेरिका र चीनबीच कोभिड–१९ र हङकङको अवस्थालाई लिएर तनाव बढदै गएको छ ।

पत्रकारहरूसँग कुराकानी गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भने“अमेरिकाका केही राजनीतिक शक्तिहरूले चीन र अमेरिकाबीचको सम्बन्धहरूलाई बन्धक बनाउने र दुई देशलाई नयाँ शीत युद्ध तर्फ डो¥याउन खोजेको विषयबारे हाम्रो ध्यान गएको छ ।” 

अमेरिकी नेताहरूले आर्थिक , राजनीतिक र सुरक्षासम्बन्धी विषयमा दिएका अभिव्यक्तिहरूले दुबै देश भिडन्तमा फस्न लागेको देखिएको छ ।

अमेरिकी सांसदहरूले हङकङको विषयलाई लिएर चीनमाथि नाकाबन्दी थोपर्ने जनाएका छन् ।चीनले नयाँ सुरक्षा कानुन हङकङका लागि ल्याउने जनाएपछि अमेरिकी सांसदहरूले चीनलाई नाकाबन्दी लगाउने कानुन ल्याउन लागेका छन् ।