परमाणु युद्ध प्रतिरक्षा बलियो पार्न उत्तर कोरियाली नेताको आह्वान

 परमाणु युद्ध प्रतिरक्षा बलियो पार्न उत्तर कोरियाली नेताको आह्वान

काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाका शीर्ष तहलाई रणनीतिक शक्ति बलियो पार्न   भनेका छन् ।

मिडियामा उत्तर कोरियाली नेता गम्भीर विरामी भएको हुन सक्ने समाचारहरू सार्वजनिक भइरहेका बेला किमले परमाणु शक्ति बलियो पार्न भनेका हुन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले  नेता किमले सैनिक कमान्डरहरू र सुरक्षा सेवाका सदस्यहरूलाई परमाणु शक्ति बलियो पार्न भनेको जनाएका छन् ।

उत्तर कोरियाली सुरक्षा परिषद्को बैठकको अध्यक्षता गरेका किमले सम्बन्धित क्षेत्रका जिम्मेवार पदाधिकारीहरूलाई  सतर्क रहन भनेका थिए ।

क्षेप्यास्त्रहरूको परीक्षणहरू गर्ने मिति घोषणा नगरिएको केसीएनएले जनाएको छ । पश्चिमा मिडियाले किमको निधन भइसकेको समाचारसम्म सार्वजनिक गरेका छन् ।