बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने निर्णय

बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरसका संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नरैनापुर क्षेत्रलाई जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

उच्च जोखिमयुक्त क्षेत्रका रुपमा रहेको नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु समेत भएको छ । पछिल्लो समयमा संक्रमितलाई अस्पताल ल्याउन खोज्दा परिबारले प्रतिवाद गर्न थालेपछि यस्तो निर्णय गर्नु परेको हो ।

बिरामलाई नेपालगञ्जमा ल्याउन स्थानीय समुदायनै बाधक भएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले हिजो मात्र सेना परिचालन गर्न माग गर्दै पत्र लेखेको थियो ।