बाँके र बर्दियामा थप छ जनामा कोरोना संक्रमण पुष्टि

बाँके र बर्दियामा थप छ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।