कोभिड–१९को संकटले ‘मर्जर एन्ड अक्विजिसन’ तीव्र पार्ने

 कोभिड–१९को संकटले ‘मर्जर एन्ड अक्विजिसन’ तीव्र पार्ने

काठमाडौ । बढी भन्दा बढी मुनाफा कमाउने विद्यमान आर्थिक प्रणाली भएको अर्थतन्त्रलाई प्रभावित पारेको कोभिड–१९को संकटले ठूला कम्पनीहरूको एक आपसमा मिलन वा ‘मर्जर एन्ड अक्विजिसन’मा धक्का दिन सक्ने अपेक्षा गरिएको छ ।

बेलायतका चर्चित प्रधानमन्त्री  सर विन्स्टन चर्चिलले नेताहरूलाई सल्लाह दिएका थिए “ कुनै संकटलाई ब्यर्थ कहिल्यै जान दिनु हुँदैन ।”

चर्चिको यो भनाइलाई पछ्याउने ठूला कम्पनीहरूले ‘मर्जर एन्ड अक्विजिसन’ विधिलाई अपनाउने सम्भावना अन्तर्राष्ट्रिय बजारमा देखिएको छ ।

त्यसमा ठूला तेल कम्पनीहरूका लागि  कोभिड–१९को संकट हुनसक्ने देखिएको छ । तेलका अतिरिक्त टेलिकम, अटो कम्पनी , उपभोक्ता वस्तु र उर्जाका कम्पनीमा मर्जरको प्रवृति बढन सक्ने देखिएको छ ।

रोयटर्सका रोब कक्सले यस्तो सम्भावनालाई इन्कार गरेका छन् ।एक्सनमोबिल, चेभरन र बीपी जस्ता तेलका कम्पनीहरूमा यस्तो सम्भावना विद्यमान हुन सक्ने रोबको बुझाइ छ ।
कम्पनीहरूले  न्यून लागत, प्रभावकारी सञ्चालन क्षमता र बलियो बासलातको अवस्थालाई प्राप्त गर्ने खोज्छन् ।

उर्जा क्षेत्रका ठूला कम्पनीहरूले लगत घटाउने विधिमा जाने छन् । मुनाफा कमाउने विद्यमान विश्व प्रणालीमा कम्पनीहरूको विद्यमान प्रणालीले सिकाउने सामान्य विधि नै यो हो ।

एक्सचेभब्रिटको संयुक्त मार्केट क्याप ४खर्ब २५ अर्ब अमेरिकी डलर र ७० अर्ब ब्यारल तेलको क्षमता बराबरको रहेको छ । तर यो साउदी अरबको आराम्कोको बजार मूल्य १६ खर्ब र २ खर्ब ७० अर्ब ब्यारलको तुलनामा धेरै कमजोर छ ।

सन् २००८को वित्तीय संकटले विश्वको बैकिङ क्षेत्रलाई यस्तो बाटो अपनाउन लगाएको थियो । बैंक अफ अमेरिकाले मेरिल लिन्चलाई ५० अर्ब डलर, वेल्स फार्गोले वाचोभियालाई १५.१ अर्ब डलर र लोयडस टीबीएसले १२ अर्ब डलर तिरेर एचबीओएससँग मेगा मर्जरको अवसर सदुपयोग गरेका थिए ।

कोभिड–१९ले ल्याएको संकटमा पनि यस्तै सम्भावना देखिएको छ ।