थर्काएर होइन मिलेर जान अमेरिकालाई चीनको सल्लाह

थर्काएर होइन मिलेर जान अमेरिकालाई चीनको सल्लाह

काठमाडौ । चीनले अमेरिकालाई थर्काएर होइन मिलेर जान सल्लाह दिएको छ ।

कोरोनाभाइरस महामारी कोभिड–१९को विषयमा चीनले गलत सूचना दिएको विषयमा आरोप लगाएर चीन विरूद्ध मुद्दा लगाउने र त्यसबाट फाइदा लिन सोचे अमेरिकाका लागि प्रत्युपादक हुने चेतावनी दिँदै चीनका विदेशमन्त्रीले यस्तो सल्लाह दिएका छन् ।

विश्वको स्वास्थ्य संकटको विषयमा अनुसन्धान गर्न सहयोग गर्न चीन तयार रहेको बेला चीन विरूद्ध मुद्दा लगाउने भनेर अमेरिकी सांसदहरूको अभिव्यक्तिको जवाफ दिँदै चिनियाँ विदेश मन्त्री वाङ यीले यस्तो भनेका हुन् ।

चिनियाँ सार्वभौकितालाई अवमूल्यन गर्ने कुनै पनि छल आधारित बाटो अमेरिकाका लागि प्रत्युत्पादक बन्ने विदेशमन्त्री वाङले चेताए ।

अमेरिकी सांसदहरूले कोभिड –१९को विषयलाई लिएर कुनै पनि अमेरिकीलाई चीन विरूद्ध मुद्दा लगाउने पाउने कानुन बनाउन लागेको विषयमा चीनको तर्फबाट यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

मिसौरीका महान्यायाधिवक्ता एरिक समिटले वैश्वि महामारीको जिम्मेवार चीन रहेको दाबी गर्दै मिसौरी राज्यको तर्फबाट चीन विरूद्ध मुद्दा दायर गरिसकेका पनि छन् ।

विदेशमन्त्रीले भने “ चीन र अमेरिकाले एक आपसमा सहयोगको बाटो लिए लाभ प्राप्त हुने र भिडन्तको बाटो गए घाटा हुनेछ । त्यसैले विश्वशन्ति र विकासका लागि दुबै शक्तिले एक प्रमुख जिम्मेवारी बहन अगाडि सरौं ।”

कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन अन्तर्राष्ट्रिय प्रयासलाई सघाउन चीन खुला रहेको बताउँदै विदेशमन्त्री वाङले प्रक्रिया न्यायपूर्ण तथा व्यावसायिक हुनुपर्ने बताए । न्यायपूर्ण भन्नुको अर्थ राजनीतिक र हस्तक्षेप मुक्त सबै देशको सार्वभौकितालाई सम्मान गरी दोषको कुनै पूर्वाग्रह नराखी गर्नुपर्ने हुने उनले स्पस्ट पारे ।

अमेरिकाले कोभिड–१९ चीनको प्रयोगशालामा बनेको आरोप लगाउँदै आएको छ ।