सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं,धरान,दाङ,हेटौंडा,नेपालगंजर सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । 

संक्रमितहरु धनुषाका तीन ,कपिलवस्तुका तीन,काठमाडौंका तीन,बाराका दुई,रौतहटका २६,सप्तरीका दुई,बर्दियाका एक,बाँकेका चार पुरुष रहेका छन् । यस्तै बाराका २१,दैलेखका ६ पुरुष र दैलेखकै एक महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।