त्रिवि शिक्षण अस्पतालबाट ‘पीसीआर’ परीक्षण शुरु
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा पनि सोमबारदेखि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण शुरु गरिएको छ ।
शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण यस अघि जाँच भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा शुरु गरिएको हो ।
कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो । मेसिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ ।
उक्त पिसिआर टेष्ट मेसिनमा एक पटकमा ९६ नमूनाका परीक्षण गर्न सकिन्छ । अहिले भने कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ ।
प्रतिक्रिया