भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

एजेन्सी, १२ जेठ । भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक बनेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको छ।

पछिल्लो १३ दिनको अवधिमा मात्र संक्रमित संख्या दोब्बर भएको छ। आइतबार मात्र त्यहाँ ६ हजार ६ सय ३४ नयाँ संक्रमित फेला परेका छन्।

पछिल्ला १० हजार संक्रमित दुई दिनको अवधि थपिएका हुन्। भारतमा पहिलो १० हजार संक्रमित ४३ दिनको अवधिमा भेटिएका थिए।

भारतमा पछिल्लो ५ दिनमा औसतमा ६ हजार १ सय २ का दरमा संक्रमित थपिदैं आएका छन्।

आइतबार मात्रै राजधानी दिल्लीमा थप ५ सय ८ नयाँ संक्रमित पुष्टि भए। योसँगै राजधानी दिल्लीमा कुल संक्रमित संख्या १३ हजार ४ सय १८ पुगेको छ।

यसैगरी भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा ५० हजार बढीमा संक्रमण पुष्टि भएको छ। आइतबार त्यहाँ ३ हजार ४१ नयाँ संक्रमित फेला परेका छन्। योसँगै महाराष्ट्रमा संक्रमितको कुल संख्या ५० हजार २ सय ३१ पुगेको छ।

तमिलनाडुमा पनि संक्रमित संख्या बढ्दो छ। यहाँ कुल १६ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गुजरातमा हालसम्म १३ हजार ६ सय ६४ संक्रमित भेटिएका छन्। हप्ताहरुमा संक्रमित संख्या थप बढ्ने बताएका ‍छन्।