साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने 

साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले  राष्ट्रका नाममा सम्बोधन गर्ने 

काठमाडौं, १२ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ :३० बजे राष्ट्र र जनताका नाममा सम्बोधन गर्ने भएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो बारे जानकारी दिए । 

आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक सकिए लगत्तै प्रम ओलीले सम्बोधन गर्ने जनाइएको छ । सो सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ ।