विदेशमा रहेकालाई उद्धार गर्ने प्रधानमन्त्रीको घोषणा
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने बताएका छन् ।
सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताए ।
‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्दार गर्छ', भन्दै उनले अगाडि भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु ।’
स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए ।
अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने पनि उनले बताए। समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्रीको भनाइ छ ।
उनले भारतबाट अव्यवस्थित अवाइले पनि समस्या भएको बताए ।
प्रतिक्रिया