एकैपटक ४३ जनाले कोरोना जितेर घर फर्किए

एकैपटक ४३ जनाले कोरोना जितेर घर फर्किए

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना जितेर डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित छैनन् ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना जितेर घर फर्किएका थिए ।