डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्विनको ‘क्लिनिकल ट्रायल’ खारेज

डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्विनको ‘क्लिनिकल ट्रायल’ खारेज

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस बिरामीलाई हाइड्रोक्सीक्लोरोक्विनको खुवाएर गर्ने गरिएको क्लिनिकल ट्रायल खारेज गरेको  छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिश गरेको भनिएको मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्विनको उपयोगले बिरामीको सुरक्षामा जोखिम बढने भन्दै यसको ट्रायल परीक्षणलाई रोकेको जनाएको छ ।

यो औषधिको डेटा अध्ययनको पुनरावलोकन गर्दा जीवन सुरक्षामा खतराको जोखिम देखिएकोले परीक्षण रोक्न भनिएको डब्लुएचओका प्रमुख ट्रेडोज अधानोम गेब्रेयसेसले पत्रकारहरूलाई भनेका हुन् ।

कोभिड–१९को नियन्त्रणका लागि अन्तर्राष्ट्रिय कार्यक्रम सोलिडारिटीको एक अंगको रूपमा यो परीक्षण गरिएको थियो ।

बेलायतको मेडिकल जर्नल ‘द लान्सेट’ले यो औषधिको अन्य असर ‘साइड इफेक्ट्स’को बारेमा गरिएको अध्ययन प्रकाशित गरेपछि डब्लुएचओले यो निर्णय लिएको हो

हाइड्रोक्सीक्लोरोक्विनको प्रयोगबाट मृत्युदर बढेको अध्ययनमा जनाइएको छ । मलेरियाको उपचारका लागि प्रयोग गरिने यो औषधिको शुरूवाती असर कोभिड–१९का बिरामी सकारात्मक देखिएको तुलनामा यो अध्ययन प्रतिकूल देखिएको हो ।

यो औषधिको साइडइफेक्टको रूपमा मुटुको समस्या हुने डब्लुएचओका पदाधिकारी रेयनले जनाएका छन् । ट्रम्पले केही दिन अघि यो औषधिको पुरा सेवन गरी आफू ठीकठाक रहेको पत्रकारहरूलाई जनाएका थिए । ट्रम्पको यो अभिव्यक्तिको अमेरिकी मिडियामा व्यापक आलोचना भएको थियो ।

कोभिड –१९को खोपको अभावमा विभिन्न कम्पनीहरूले यस्ता विभिन्न औषधिलाई उपचारको रूपमा प्रस्तुत गर्न खोजेको देखिएको छ । हाइड्रोक्सीक्लोरोक्विन जस्तै अर्को कम्पनीले रेम्डीसिभिरको विकास गिलिड साइन्सले चमत्कारी औषधिको रूपमा प्रस्तुत गरेको थियो ।

यो औषधिको लागत एक डोजको लागत ३९० अमेरिकी डलर देखि ४५०० अमेरिकी डलर बराबर भन्दा बढी हुन सक्ने  देखिएको छ ।