जनपक्षीय पत्रकारका धरोहर कृष्ण सेनको आज स्मृति 

जनपक्षीय पत्रकारका धरोहर कृष्ण सेनको आज स्मृति 

काठमाडौं । आज जेठ १३ गते पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको सन्दर्भ पारेर प्रेस संगठन नेपालले जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्वको स्मरण गरेको छ । 

 २०५९ साल जेठ १३ गते तत्कालील शासकले महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर उनको कायरतापूर्वक हत्या गरेको थियो । जनपक्षीय पत्रकारिता मार्फत् राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको लागि सेनले गरेको योगदान असाध्यै महत्वपूर्ण छ । 

कृष्ण सेन ‘इच्छुक’को सम्झना र सम्मानमा हरेक वर्ष जेठ १३ गते स्मृति दिवस भव्यताको साथ प्रेस संगठन, नेपालले मनाउँदै आएकोमा यस वर्ष कोरोना भाइरसका कारण  औपचारिक कार्यक्रमहरु गरेर स्मृति दिवस मनाउन सम्भव नभएकाले यो वर्ष स्मृति दिवसमा केन्द्रीय कमिटीले कुनै अपौचारिक सभा गरेन । 

 मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्ण पालना गर्दै सिर्जनशील कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन प्रेस संगठनले जनाएको छ । साथै, वर्षेनी दिदैं आएको कृष्ण सेन र शक्ति तारा पुरस्कार पनि बन्दाबन्दीको अवस्था हटेपछि सिफारिस समिति बनाएर घोषणा गरिने प्रेस संगठनले जानकारी गराएको छ ।