भारतीय सेनामा रहेका नेपाली बटालियनको अपमान गर्ने पहिला भारतीय सेना प्रमुख

भारतीय सेनामा रहेका नेपाली बटालियनको अपमान गर्ने पहिला भारतीय सेना प्रमुख

सेनाप्रमुख एमएम नरवानेले काठमाडौले कुनै अन्य देशको निर्देशनमा सीमा विवादलाई लिएर प्रदर्शन गरिरहेको  भनी दिएको कटु अभिव्यक्ति असंवेदनशील,अनुचित र आफू जनरल पदमा कार्यरत रहेका भारत र नेपाल दुबै देशको सम्बन्धका लागि गहिरो आघात छ । नेपाली सेनाका मानार्थ जनरलको रूपमा रहेका नरवानेले आफ्नो त्यो हैसियतको अवमूल्यन गरेको,स्पस्टरूपमा देखिने गैर सैनिक व्यवहारमा आफूलाई झारेको र दुई सेनाबीचको अद्वितीय सम्बन्धमा  अनावश्यक तनाव थपि दिएका छन् । कारण विशेषगरी भारतीय सेनाको द सेभेन गोरखा रेजिमेन्टले अधिकांश सैनिक नेपालबाट भर्ती गराइ करिब ४०बटालियन बनाएको छ ।

आफ्नो सम्बोधनका क्रममा जनरल नरवानेले दुर्भाग्यपूर्ण उदाहरण अनुशरण गरे जसलाई निकट विगतमा फलाउन फुलाउन प्रोत्साहन गरिदै गरिएको थियो जहाँ सेनाका बोलक्कड प्रमुखहरूले प्रवक्ताहरूलाई मात गर्दै आएका थिए ।

सार्वभौम देशहरू माझ सर्वाधिक सौहार्दपूर्ण र एकआपसमा बुनिएको सामाजिक सम्बन्ध भएका देशहरू नेपाल र भारत मात्रै नभइ सम्भव भएसम्मको सर्वाधिक गहिरो सैनिक सम्बन्ध भएका देश हुन् ।कुनै दुई सेनाहरू नेपाल र भारतका सेनाहरू एक आपसमा निकटतमरूपमा जोडिए जसो कतै छैन र यो अतुलनीय काल परीक्षित सम्बन्धलाई तनावमा ल्याएको कुनै अभिव्यक्ति निषेधयोग्य र गैर सैनिक व्यवहार दुबै हो ।

मनोहर परिकर प्रतिरक्षा अध्ययन अनुसन्धान प्रतिष्ठानद्वारा १५ मे २०१०मा आयोजित एक अनलाइन संगोष्ठीलाई सम्बोधन गरिरहँदा जनरल नरवानेले भने “ मलाई थाहा छैन उनीहरूले वास्तवमा किन विरोध गरिरहेका छन् । विगतमा यो समूहमा (क्रोप्स) कहिल्यै कुनै समस्या देखिएको छैन् । कसैको लहलहैमा लागेर उनीहरूले समस्या खडा गरेको हुन सक्ने कारणमा विश्वास गर्न सकिने  र त्यसको धेरै ठूलो सम्भावना छ ।” 

करियप्पाको निर्देशनपुस्तिका बिर्सिदै

दुबै सेनाले एक अर्काका जनरलहरूलाई जनरल नियुक्ति गर्ने शुरूवात दिवंगत फिल्डमार्शल त्यतिखेरका जनरल केएम करियप्पाले सन् १९५०मा प्रमुख सेनापतिको पद सम्हालेदेखि भयो । शाही नेपाली सेनाले उनलाई मानार्थ जनरलको सम्मानबाट विभूषित ग-यो र त्यतिबेला देखि एक अर्काका जनरलाई मानार्थ सेना प्रमुख दिने सम्मानबाट विभूषित गर्ने दुई सार्वभौम सेनाहरूबीचको प्रचलन पाउन दुर्लभ छ । सेना प्रमुखको रूपमा फिल्ड मार्शल करियप्पाले अनुशासित क्याडेटहरूको शिष्टाचारका लागि एक सैनिक अधिकारीबाट अपेक्षा गरिएको व्यवहार सम्बन्धी आफ्नो हातेपुस्तिकामा अन्तिम शब्द लेखे । नेपालको राजनीतिक र कुटनीतिक व्यवहारका बारेमा कुनै सेना प्रमुखले शंका व्यक्त गरेको सम्भवतः यो पहिलो अवसर सार्वजनिक भएदेखि  हाते पुस्तिकाका निर्देशनहरूको दुव्र्यवाहर भएको देखिन्छ । 

प्रायःजसो जोसुकैको दिमागमा दोह¥याउने खालका उद्धरणहरू आउँछन र ऐतिहासिक फिल्ड मार्शल स्याम मानेकशा पनि आउँछन् । भारत पाकिस्तान विभाजित भएपछि उनले ८ गोरखा राइफल्समा सहभागी भए र उनको शुरूवाती अग्रपंक्तिको सैनिक बटालियन पाकिस्तानी सेनाको भाग भएर गयो । सबैले उनलाई ‘सम बहादुर’ बोलाउन थालेका थिए र उनले देश र सेनाका लागि धेरै उद्धरणका खजाना छोडेर गए । गोरखाको रूपमा भविष्यको ज्ञान दिने उनको पर्यवेक्षणः “भारतमा समस्या छ हामी मध्ये जो कोही सक्दो छिटो शक्तिको ओहदामा पुग्छन उनले समग्र ज्ञानको एकाधिकारी आफूमा भएको अनुभव गर्छन्”बाट स्पस्टरूपमा विद्यमान विवादबाट उनलाई निराश बनाउँथ्यो ।

नेपालका नागरिकहरूले भारतको राष्ट्रिय सुरक्षाहरूबारे प्रशिक्षित र त्यसलाई माथि उचाल्ने सपथ लिएका हुन्छन् । दशकौ देखि उनीहरूले सपथका खातिर धेरै पटक जीवन उत्सर्ग गर्दै आएका छन् । सेनाको सेभन गोर्खा रेजिमेन्ट्सले निकटता र विश्वसनीयताको आज अद्वितीय चित्र कोरेका छन् । भारतीय सेनाका निवृतिभरण पाउनेहरू नेपालमा विस्तारै १ लाख ३० हजारको दबाब बढिरहेको छ । ती सैनिक अधिकारीहरू मध्ये धेरै नेपालस्थित भारतीय दूतावासमा नियुक्त गरिए उनीहरूले गर्दा कुटनीतिक मिसनमा उच्चतम संख्या पुग्ने र सेनाका मेडिकल स्टाफको सहभागीताले नेपाली गोरखा सैनिक र तिनका परिवारहरूलाई महत्वपूर्ण अवसर उपलब्ध गराउँछ । 

कुनै सेना प्रमुखले ल्याएको रोष

जनरल नरवानेले सैनिक, सेवा र धेरै अवसरमा बलिदान समेत दिएको नेपालको प्रतिष्ठालाई अपमान गरेका छन् । नेपालमा पारिवारिक सम्बन्धको गहिरो जरा गाडेका भारतीयहरूले पनि दुई देशबीच अर्को अनावश्यक विवाद अझ हेर्छन् । काठमाडौ र काठमाडौ बाहिर मधेशी विरोधी क्रोध भड्किन्छ, नेपालमा भारतको हस्तक्षेपकारी  मनसायले त्यहाँ एक पटक फेरि बहसलाई तताइदिन्छ ।

यो समय बाहेक कहिल्यै पनि कुनै सैनिक अधिकारी अझ कुनै सेना प्रमुखबाट यस्तो अपमान भएको छैन । नेपाल वा भारतका कुनै सेनाले  जनरल नरवानेको अविवेकपूर्ण टिप्पणीहरू नरेन्द्र मोदी सरकारमा रहेको कसैको आड भडोस बिना आएको विश्वास गर्दैनन् ।

त्यसैले यो अप्रिय कानेखुसी प्रसारण गर्नु निसन्देह दिवंगत सम बहादुरले छोडेर गएका उद्धरणका मोती यहाँ एक पटक फेरि सान्दर्भिक हुन्छ जतिखेर पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई सैनिक सत्ता पलटको हल्लाका बारेमा सोधेका थिए । त्यतिखेर परस्पर सम्मानका साथ उनले भने “ तपाईँ आफ्नो ख्याल गर्नुस म मेरो गर्छु ,तपाई आफ्ना मुटुका टुक्रालाई माया गर्नुस मैले मेरालाई माया गर्छु । म राजनीतिक हस्तक्षेप गर्दिन र मलाई सेनामा कसैले हस्तक्षेप गर्न लगाउँदैन् ।” सम बहादुरले यो परिदृश्यलाई स्वाभाविकरूपमा फरक ढंगले छुट्टयाउँथे ।

(लेखक मानवेन्द्र सिंह कांग्रेसका नेता तथा डिफेन्स एन्ड सेक्युरिटी  अल्र्टका प्रधान सम्पादक हुन् । उनको ‘जन नरवानेज इनसेसिटिभ रिमार्क अन्डरमाइन ४० बटालियन्ज अफ नेपलिज इन इन्डियन आर्मी’ शीर्षकोको आलेखको अनौपचारिक अनुवाद हो )
सम्मानका