'ओली निकटका माछेले जिउँदो ब्यक्तिलाई ‘श्रद्धान्जली’ दिने उदण्ड हरकत रोक्नुपर्छ'
काठमाडौं, १४ वैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जिउँदो ब्यक्तिलाई ‘श्रद्धान्जली’ दिने उदण्ड हरकत रोक्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले मंलबार बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो माग राखेका हुन् । साथै उनले भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलहरू वीच कुनै मतभिन्नता छैन र हुनुहुन्न भन्दै संविधान संशोधन बहुमतबाट हैन सर्वसम्मतिबाट गर्नुपर्छ भनेका छन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, 'प्रमकै दावी अनुसार आगामी तीन बर्ष सरकारको नेतृत्व वहाँले नै गर्नुहुन्छ र भारतसंग वार्ताको नेतृत्व पनि गर्नुहुन्छ। वार्तामा आफ्नो हात माथि पार्न वहाँले संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउनुपर्छ ।'
उनी लेख्छन्, 'त्यसनिम्ति संविधान जारी हुने वेलादेखि नै असहमति राख्दै आएका मधेसी,थारू,आदिवासी जनजाति लगायत सबैको विश्वास जित्नुपर्छ। रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउनुपर्छ। प्रम निकटका मान्छेले विपक्षीलाई जिउँदै ‘श्रद्धान्जली’ भन्ने जस्तो उदण्ड हरकत रोकेर दलहरूवीच सौहार्द्रपूर्ण वातावरण बनाउनुपर्छ।
संविधान संशोधनलाई सर्वसम्मतिबाट पारित गर्न सबै इच्छुक र तत्पर छौं ।'
प्रतिक्रिया