चिनियाँ राष्ट्रपतिद्वारा युद्धका लागि तयार रहन सेनालाई आदेश

चिनियाँ राष्ट्रपतिद्वारा युद्धका लागि तयार रहन सेनालाई आदेश

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् ।

उनले देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन आदेश दिए । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्न समेत भनेका छन् ।

पछिल्लो समय भारतीय सीमा क्षेत्र लद्दाखलगायतका भूभागमा तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ । सीमा क्षेत्रमा दुवै तर्फवाट सेनाको संख्यामा भारी बृद्धि भएको छ ।