बुधबार एकैदिन १२९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ९ सय नाघ्यो

बुधबार एकैदिन १२९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ९ सय नाघ्यो

काठमाडौं । मुलुकभर आज एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि पुष्टि भएको छ, यो संक्रमित संख्या एकैदिनमा हालसम्मको उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित फेला परेका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

त्यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको हो । वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् । एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक बोल्न नसक्ने महिला भएकोले पहिचान खुलिसकेको छैन ।  

हालसम्म नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।