कोभिड–१९ हराउने प्रोटिन बाख्रीको दुध र स्तनपानबाट प्राप्त हुने रूसी वैज्ञानिकको दाबी
काठमाडौ । कोभिड–१९लाई हराउने प्रोटिन बाख्रीको दुध र स्तनपानबाट प्राप्त हुने रूसी वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
उनीहरूले यसबाट औषधि बनाउन सकिने विषयमा अध्ययन गरिरहेका छन ।
रूसी विज्ञान प्रतिष्ठानमा इन्स्टिच्युट अफ जीन बायोलजिका बरिष्ठ अध्येता इगोर गोल्डम्यानले कोरोनाभाइरस संक्रमित शिशुहरूको अध्ययनबाट यस्तो जानकारी प्राप्त भएको जनाएका छन् ।
लेक्टोफेरिन नामको प्रोटिन सामान्यरूपमा स्तनपान गराउँदा प्राप्त हुन्छ र यसले शिशुहरूमा सबै खाले ब्याक्टेरिया र भाइरससँग लड्न सक्ने क्षमता उपलब्ध गराउन सहयोग गर्छ ।
लेकटोफेरिनले शिशुमा मात्र होइन वयस्कहरूमा पनि ब्याक्टेरिया र भाइरससँग लड्न सकने क्षमता अभिवृद्धि गराउन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
बेलारूसका सहकर्मीहरूसँग मिलेर उनीहरूले जीन मोडिफाइड प्रोटिनको विकास गरेकाथिए । सन् २००७मा बाख्रीको दुधबाट प्रोटिनको विकास गरिएको थियो ।
यसलाई नियोल्याक्टेफेरिन भनिएको थियो । यो नियोल्याक्टेफेरिन प्रोटिन एन्टी ब्याक्टेरियाल, एन्टी भाइरल र एन्टी फंगल गुण भएको प्रोटिन थियो ।
यसले प्रयोगशालामा रोटाभाइरस, हेपाटाइटिस सी र एआइभी भाइरसको गतिविधिसँग जोडेर अध्ययन गरिएको थियो । रूसी इन्स्टिच्युटका वैज्ञानिकहरूका अनुसार यस्ता भाइरस ब्याक्टेरियाबाट बच्ने औषधिको विकास हुन सक्छ ।
प्रतिक्रिया