लकडाउनको मौका छोपी 'वी एण्ड वी' अस्पतालमा ब्रम्हलुट

लकडाउनको मौका छोपी 'वी एण्ड वी' अस्पतालमा ब्रम्हलुट

एस सुवेदी

काठमाडौं । लामो समयदेखि कोरोना भाइरस अर्थात कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकायलाई भने त्यसैको मौका छोपेर ‘कमाउने मेलो’ भएको छ । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गर्ने जिम्मेवारी बोकेको दावी गर्ने ललितपुरको ग्वार्कोमा अवस्थित निजी क्षेत्रको चर्चित वी एण्ड वी अस्पतालले यही ‘लक डाउन’को मौकामा लुटको अभियान तिव्र पारेको तथ्य फेला परेको छ । 
विगतदेखि नै नाम चलेको र सर्वसाधरणको जनस्वास्थ्यमाथि खेलबाड गरेर करोडौंको व्पापार गर्दै आएको वी एण्ड वी अस्पतालले उपभोक्तामाथि शोषण र कार्यरत मजदुरको गाँस हरण एकैचोटी गर्न थालेपछि कर्मचारीहरु आक्रोशित बनेका छन् ।

अस्पतालको मानव शंसाधन विभाग अर्थात, एचआर प्रमुख रिना वैद्य छिन् । उनी सञ्चालक मात्र नभएर डाक्टर जगदीश बैद्यकी बुहारी अर्थात, निरजकी श्रीमती हुन् । उनले नै कर्मचारीको सेवा, सुविधा, नियुक्ति र खटन पटन गर्छिन् । सो विभागको प्रमुखमा कर्मचारी मध्येबाट उनीहरुको गुनासो समेत सुन्न सक्ने र सहज व्यवस्थापन गर्न सक्ने बाहिरी व्यक्ति हुनुपर्नेमा व्यवस्थापनको आफन्त र सञ्चालक नै एच आर प्रमुखमा नियुक्ति गरिनु नियमले नमिल्ने विषय भएको बताइन्छ । 

संकटको मौकामा १० प्रतिशत मुल्यवृद्धि

चैत ११ गतेदेखि मुलुकमा लक डाउन जारी भएर सबैतिर सन्त्रास सृजना भएको छ । तर सो अस्पतालले भने यहीबेला सेवाग्राहीको ढाड सेक्न एक्कासी मूल्य वृद्धि गरेको छ । २०७७ वैशाख १ गतेबाट अस्पतालले दिने ल्याब, एक्सरे, सिटी स्क्यन, एम आर आई लगायत अन्य सेवाहरुको एकतर्फी मूल्य वृद्धि गरेको पाइएको छ । राज्यको सहमति लिएर धेरै मार परेको खण्डमा मात्रै मूल्य बढाउन पाउने कानूनी ब्यवस्था छ। तर सरकारको नीति नियमको धज्जी उडाउँदै अस्पतालले एकतर्फी मूल्य वृद्धि गरेको हो । निजी अस्पतालहरुको संगठन पनि पनि छ । त्यसले कुनै निर्णय गरेको छैन । तर सर्वसाधारणलाई राहत र अन्य प्रकारका सेवा दिनुपर्ने अवस्थामा अस्पतालले भने एकतर्फी मूल्य वृद्धि गरेको हो । 

कर्मचारीलाई भने आधा तलव

यो जटिल अवस्थामा अस्पतालका ६ सय कर्मचारी विभिन्न हिसाबमा अग्र भागमा जोखिम मोलेर काममा खटिरहेकै छन् । तर कर्मचारीहरुलाई यो बेला थप सुविधा र राहतसमेत दिनुपर्नेमा कारोबार कम भएको भन्दै तलब कट्टा गर्न थालेको पाइएको छ । अस्पतालले माथिल्लो तहमा काम गर्ने कर्मचारीलाई अघिल्लो महिनादेखि तलब दिन छाडेको छ भने अन्य कर्मचारीलाई ३० दिन काममा लगाएर २० दिनको मात्र तलव दिने निर्णय एच आर प्रमुख डाक्टर रिना बैद्यले निर्णय गरेकी छिन्।

यस्तो कार्य नाजायज भएपनि कर्मचारी युनियन लगायत कुनै निकायसंग कुनै परामर्श नगरी हचुवाको भरमा हरेक कर्मचारीको तलव अधिक मात्रामा कटौती भएको हाडजोर्नी विभागका एक चिकित्सकले नाम उल्लेख नगरिदिने शर्तमा झिल्कोलाई बताए । 

बढ्दो महंगीलाई ध्यान दिँदै हरेक वर्ष तलव बढाउनु पर्नेमा २ वर्षदेखि आफुहरुको तलब नबढाईको उनको भनाई छ । उनले भने, 'उल्टो लक डाउनको मौका छोपेर हठात् तलब कट्टा गरेपछि हामी अन्यायमा परेका छौंँ ।'

काम कम भएको भनेर तलब घटाउनु परेको तर्क अस्पताल प्रशासनले गरेपनि कर्मचारीहरुका अनुसार अस्पतालमा एकै दिनमा १५ वटा भन्दा बढी अप्रेशनहरु हुने गरेको छन् । इमरजेन्सी बिरामी ल्याउन खोज्दा बेड खाली छैन, आइसीयु छैन भनेर बहाना गर्ने तर रकमको मोल तोल गरेर भित्र भित्रै ठुला रकमको अप्रेशनहरु भने दिनहुँ भइरहेको अस्पतालको बिरामी रेकर्डबाट देख्न सकिन्छ । 

अर्को कुरा, कर्मचारीहरु अनुपस्थित हुँदा तलब कट्टा गर्ने तर थप्नु परेमा न्युनतम स्केल अनुसारको तलवबाट मात्र हिसाब गरेर थपिदिने गरेको एक स्टाफ नर्शले बताइन् । यसरी कर्मचारीको शोषण गर्दै आएको सो अस्पतालले यही बेलामा बेतलवी विदामा बस्न र जेठ महिनादेखि आधा महिनाको मात्र तलब खुवाउन सकिने भन्दै कर्मचारीहरुलाई हतोत्साही परिरहेको लेखा शाखाका अर्का कर्मचारीले बताए । 
कर्मचारीहरु भने सबै बैंक र वित्तिय संस्थालेसमेत कर्मचारीहरुलाई तलव खुवाइरहेको भन्दै अरु बेलामा प्रशस्त कमाई गरेको अस्पताल भएकाले ६ महिना काम नभए पनि कर्मचारीलाई तलब खुवाउनु पर्ने धारणा राख्छन् । 

काम कम भएको भनेर तलब घटाउनु परेको तर्क अस्पताल प्रशासनले गरेपनि कर्मचारीहरुका अनुसार अस्पतालमा एकै दिनमा १५ वटा भन्दा बढी अप्रेशनहरु हुने गरेको छन् । इमरजेन्सी बिरामी ल्याउन खोज्दा बेड खाली छैन, आइसीयु छैन भनेर बहाना गर्ने तर रकमको मोल तोल गरेर भित्र भित्रै ठुला रकमको अप्रेशनहरु भने दिनहुँ भइरहेको अस्पतालको बिरामी रेकर्डबाट देख्न सकिन्छ । 

 

नियमले नमिल्ने एचआर हेड

अस्पतालको मानव शंसाधन विभाग अर्थात, एचआर प्रमुख रिना वैद्य छिन् । उनी सञ्चालक मात्र नभएर डाक्टर जगदीश बैद्यकी बुहारी अर्थात, निरजकी श्रीमती हुन् । उनले नै कर्मचारीको सेवा, सुविधा, नियुक्ति र खटन पटन गर्छिन् । सो विभागको प्रमुखमा कर्मचारी मध्येबाट उनीहरुको गुनासो समेत सुन्न सक्ने र सहज व्यवस्थापन गर्न सक्ने बाहिरी व्यक्ति हुनुपर्नेमा व्यवस्थापनको आफन्त र सञ्चालक नै एच आर प्रमुखमा नियुक्ति गरिनु नियमले नमिल्ने विषय भएको बताइन्छ । 

अहिले बोर्ड व्यवस्थापनको निर्णय भन्दै वैद्यले कर्मचारीहरुलाई पेल्दै आएकी छिन् । त्यस्तै अस्पतालको मुल व्यवस्थापन भने निरज वैद्यले हेर्दै आएका छन् । उनी अध्यक्ष डा. जगदिश वैद्यका छोरा हुन् । पछिल्लो समय डा. अशोक बास्कोटा समुहका शेयर कम हुँदै गएपछि व्यवस्थापनमा निरज हावी भएर ठुला ठुला खरिद पनि आफ्ना मान्छेहरुलाई ठेक्का दिँदै त्यहाँबाट कमिशन खाँदै आएको श्रोतको दावी छ ।

गिर्यो बैद्य र बास्कोटाको शाख

ललितपुरको ग्वार्कोमा रहेको  वी एण्ड वी अस्पतालका सञ्चालक नेपालका प्रतिष्ठित डाक्टर जगदीश बैद्य र डाक्टर अशोक बास्कोटाले गरेका हुन। जबसम्म बैद्य र बास्कोटाले अस्पतालको ब्यबस्थापन हेर्थ, त्यो बेला उनीहरुले डाक्टर र कर्मचारीलाई भगवानको स्वरुपमा हेर्थे भने कर्मचारी पनि डाक्टर बैद्य र बास्कोटालाई भगवानको रुपमा लिन्थे । तर आज अस्पतालको सम्पूर्ण ब्यबस्थापन हेर्ने डाक्टर निरज र डाक्टर रिना बैद्यले सम्पुर्ण अस्पतालको शाख गिराएका छन। अस्पतालको यस्तो दुर्गती देखेपछि डाक्टर बास्कोटा भने बिस्तारै समाजसेवातिर लागेका छन् ।