बलिउड अभिनेता किरण कुमार कोरोना मुक्त

बलिउड अभिनेता किरण कुमार कोरोना मुक्त

बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनलाई मे १४ मा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना पोजेटिभ देखिने वित्तिकै होम क्वारेन्टाइनमा बसेका उनी पूर्ण रुपमा निको भएका भारतीय मिडियाले जनाएका छन् । उनको लगातार ३ पटक कोरोनाको नेगेटीभ रिपोर्ट आएको छ ।

किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, कोरोना पोजिटिभ देखिएपछि पनि उनको कुनै लक्षण भने देखिएको थिएन ।

उनी आफ्नो घरको तेश्रो तल्लामा क्वारेन्टाइनमा रहेका थिए । उनको परिवार पनि घरको दोश्रो तल्लामा क्वारेन्टाइनमा बसेका छन् ।