एकै दिन थपिए १ सय ५६ जना कोरोना संक्रमित

एकै दिन थपिए १ सय ५६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकै दिन १ सय ५६ थप नयाँ संक्रमित फेला परेका छन्। नेपालमा अहिलेसम्मकै एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो।

स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणमा यति संख्यामा संक्रमित थपिएका हुन्।

नेपालमा अहिलेसम्म ५१ जिल्लामा संक्रमण फैलिएको छ। यसअघि कोरोना संक्रमण नदेखिएको जिल्लाहरु सोलुखुम्बु र दोलखामा पनि संक्रमण पुष्टि भएको छ ।  

संक्रमितहरु थप भएसँगै नेपालमा कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  लकडाउन लम्ब्याइदा समेत संक्रमितको संख्या उच्च दरले बढीरहेको छ ।