लकडाउनले भारतमा १ करोड २० लाखलाई चरम गरिब बनाउने
काठमाडौ । लकडाउनले विश्वमा ४ करोड ९० लाखलाई चरम गरिब बनाउने भएको छ ।ती नयाँ चरम गरिब मध्ये १ करोड २०लाख भारतमा हुने एक अध्ययनले जनाएको छ ।
दैनिक १.९० अमेरिकी डलर भन्दा कममा गुजारा चलाउनेलाई चरम गरिबी भित्र राखिएको आधारमा यो आँकडा प्रस्तुत गरिएको हो ।
गएको महिनामा मात्रै भारतका १२ करोड २० मानिसलाई रोजगारी गुमाउनु परेको सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले जनाएको छ ।
दैनिक ज्यालादारी र साना व्यवसायमा काम गर्ने भारतीयहरूको हिस्सा झन नराम्ररी प्रभावित भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४मा सत्ता सम्हालेका बेला भारतका सबैभन्दा गरिब नागरिकहरूलाई गरिबीको रेखा भन्दा माथि उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मोदीले दोस्रो कार्यकालका लागि झन् बढी बहुमतका साथ सत्तामा फर्के । तर कोरोनाभाइरस महामारी विरूद्धको लडाइँमा उनको प्रयास विफल भइरहेको भारतीय प्रतिपक्षी दलका नेताहरूको आरोप रहेको छ ।
मोदीले यससम्बन्धमा गरेका प्रयासहरूलाई कोरानाभाइरसले नकारात्मक दिशातर्फ डो-याइ दिएको छ ।
आइपीइ ग्लोबलका प्रवन्ध निर्देशक अश्वजित सिंहले यस्तो जनाएका छन् ।
बेरोजगारी दरमा कुनै सुधार यो वर्ष हुनेमा आफ्नो विश्वास नभएको बताउँदै सिंहले भने “ भाइरसबाट मर्नेहरू भन्दा खाना नपाएर बढी मर्ने छन् ।”
१० करोड ४०लाख भारतीयहरू दैनिक ३.२ अमेरिकी डलर कमाउने गरिबहरूको रेखा भन्दा तलको स्तरमा झर्ने सिंहले राष्ट्र संघ युनिभर्सिटीको अध्ययन पूर्वानुमानलाई उल्लेख गर्दै भनेका छन् ।
प्रतिक्रिया