बार्सिलोनामा रोजगारबाट निकाल्ने योजनाको विरोध गर्दै निशानका मजदुर

बार्सिलोनामा रोजगारबाट निकाल्ने योजनाको विरोध गर्दै निशानका मजदुर

काठमाडौ । जापानी गाडी निर्माता कम्पनी  निशानले कारखाना बन्द गर्ने र कम्पनीले ३ हजार रोजगार कम गर्ने गरेको निर्णयको बार्सिलोनाका हजारौं मजदुरहरूले प्रदर्शन गरेका छन् ।

मिडियाले जनाए अनुसार मजदुरहरूले मैन बालेर बर्सिलोनाको मुख्य कारखाना परिसर वरिपरि मानव शृंखला बनाउने छन् । 

निशानका प्रमुख कार्यकारी माकोतो उचिदाले बिहीबार कम्पनी बन्द गर्ने र विश्वभरको कम्पनीलाई पुनर्संरचना गर्ने अन्तर्गत यो योजना सार्वजनिक गरिएको जनाए । 

स्पेन सरकारले जनाए अनुसार त्यहाँको स्थानीय अधिकारीहरूले कारखाना चलाउने प्रस्ताव दिएपनि बार्सिलोनास्थित कम्पनी बन्द गर्ने निर्णय लिइएको हो ।

यो कम्पनीले पिकअप भ्यान बनाउँदै आएको हो । यो कम्पनीको लागत मूल्य १.१ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।