कोरोना अवधिमा बेलायतको प्रति दश लाख अधिक मृत्यु दर उच्चतम 

कोरोना अवधिमा बेलायतको प्रति दश लाख अधिक मृत्यु दर उच्चतम 

काठमाडौ । कोभिड–१९को अवधिमा प्रति दश लाखमा अधिक मृत्युदर बेलायतको उच्चतम स्तरमा भएको जानकारीबाट बेलायतमा क्रोध बढेको पाइएको छ ।

द फिनान्सियल टाइम्सले डेटा संकलन गरी दर्शाए अनुसार बेलायतमा लकडाउन शुरू हुन अघि मार्च २०मा साता अन्त्यभइरहेयता सामान्य मृत्यु भन्दा ५९,५३७ बढी मृत्यु दर्ता गरिएको छ ।

प्रति दश लाखमा प्राणघाती भाइरसबाट प्रत्यक्ष वा अप्रत्यक्ष हुने ८९१ जनाको मृत्यु दर कुनै अन्य देशको तुलनामा उच्च रहेको छ ।

यो दर युरोपमा सबै भन्दा बढी छ । विश्वमा अमेरिका भन्दा दोस्रो रहेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनका प्रमुख सल्लाहकारको राजीनामा कतिपयले माग गरेका छन् ।

यो अध्ययन उपलब्ध देशका तथ्यांक निकायबाट लिएर गरिएको हो ।

१९ देशको उपलब्ध सूचना र आँकडाका आधारमा अध्ययन गर्दा बेलायतको अधिक मृत्यु उच्च रहेको देखिएको हो ।