सुनको मूल्य बढ्ने

सुनको मूल्य बढ्ने

काठमाडौं । सरकारले सुनको भन्सार महशुल बढाउने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँ वृद्धि गरेका हुन्।

अहिले सुनको भन्सार दर ६५ सय रुपैयाँ छ। यसलाई ८५ सय रुपैयाँ पुर्‍याइएको हो। यस हिसाबले अब सुनको भाउ प्रति १० ग्राम २ हजार रुपैयाँले महँगिने छ।

अब तोलामा सुनको भाउ दुई हजार तीन सय ३२ रुपैयाँले बढ्ने भएको छ। चाँदी ११ रुपैयाँ ६६ पैसा बढेको छ।

चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ। अहिले ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ। 

बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुनको भन्सार दर सामान्य बृद्धि गर्ने घोषणा गरेका हुन् ।

यसैगरी डिजेल पेट्रोल, मट्टितेल भन्सार महशुल बढेको छ भने इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनको भने यथावत राखिएको छ ।